वुवा आमाले खोसाखोस गर्दा २ महिने बालकको मृत्यु भएको छ । दुइ महिनाको नाबालकको हत्या आरोपमा आमावुवा लाइ प्रकाउ परेका छन । पक्राउ पर्नेमा बाग्लुङ निसिखोला गाँउपालिका ४का २४ वर्षका बिरु बिक र ३० बर्षिय सबिना बिक रहेको जिल्ला प्रहरि कार्यलयका सुचना अधिकारि प्रहरि नायव उपरिक्षक मदन केसिले जानकारि दिए ।
गत बिहिवार राति विक दम्पति विच विवाद हुदा वालकलाइ खोसाखोस गर्ने क्रममा आफ्नै घरभित्र भुइमा खसेर बजारिए पछि घटनास्थलमै मृत्यु भएको वताइएको छ । प्रहरिले घटना विषयमा ३ दिन पछि मात्र जानकारि पाएको थियो । त्यस लगतै प्रहरिले हत्याको आरोपमा बिक दम्पतिलाइ प्रकाउ गरि ज्यान सम्बन्धी कसुर मुद्धा दर्ता गरेर पाँच दिनको म्याद थप गरि अनुसन्धान थालेको छ । रासस