भोजपुरमा करेन्ट लाग्दा १८ वर्षीय युवकको मृत्यु

Spread the love

भोजपुरमा करेन्ट लाग्दा १८ बर्षिय युवकको मृत्यु भएको छ ।
भोजपुरको उत्तरी क्षेत्रमा पर्ने चिर्खुवा खोलाको निर्माणधिन जलविद्युत आयोजनामा काम गर्ने १८ बर्षिय सुसान्त चौधरीको गए राती बिधुत सर्ट भइ मृत्यु भएको हो ।

सर्लाही लालबन्दी स्थाई ठेगाना भएका चौधरी वल्डिङको काम गर्दा गर्दै अचानक बिधुत सर्ट भइ करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते बनेका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।

षडान्नद नगरपालिका १ मा निर्माण भैइरहेको ४.७मेघावाट क्षमताको यो आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *