भोजपुर नगरपालिकाले जेष्ठ नागरिक भत्ता लिनको लागि थप कष्ठकर बनाएको छ

Spread the love

बर्षायाम घरि टन्टलापुर घाम घरि झरि गा्रमिण भेग कच्चि सडक यातायात बाट टाडा सत्त मानिसलाइ त हिडढुल गर्न गाह्रो अझ जेष्ठ नागरिकलाइ त घरबाट बाहिर निस्कनै गाह्रो ,त्यसमाथि वैकमा लामो लाइन बसेर भत्ता लिन झन गाह्रो । यो परिस्थिमा भोजपुर नगरपालिका भने घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिनु पर्नेमा जेष्ठनागरिको संरक्षक बनेका हरुलाई वडा कार्यलयको सिफारिस अनुसार वैक मार्फत दिदै आएको सामाजिक भत्तामा भने रोक लगाएको छ ।

सामाजिक सुरक्षा भत्ता लाभग्राहि हरुको वैक खातामा पैसा राखिदिएता पनि झिक्न झन चुनौतिपुर्ण छ । घरघरमानै पुगेर सामाजिक परिचालक र जनप्रतिनिघिले दिनुपर्ने हो । यदि घरघरमा पुग्न समस्या भए टोल टोलमा दिनुपर्ने हो । तिनै जेष्ठनागरिकले चुनेुर माथिल्लो ओदाह सम्म पुर्याएका हुन ।तर, आज किन ? राज्यले दिएको सेवा सुबिधा लाइ थप चुनौतिपुर्ण बनाइरहेको छ भोजपुर नगरपालिकाले ।

यता भोजपुरको अन्य पालिकाले भने घरघरमौ पुगेर भत्ता दिएपनि यस बिषमा भोजपुर नगरपालिकाको नगर प्रमुख भने मौन देखिन्छन । सामाजिक सुरक्षा नियमावलि २०७६ अनुसार २ उपनियम १ मा जुनसुकै कुरा लेखिएको भएता पनि देहाएको व्यात्तिले पाउने सामाजिक सुरक्षा भत्ता अशत्त जेष्ठनागरिक , असहाय वा अन्य व्यात्तिहरु आफ्नो स्यारसुसार गर्न नसक्ने व्यात्ति निजको सरक्षंक ,माथवर वा स्याहार सुसार गर्ने व्यात्तिलाइ दिन मिल्ने भनेतापनि यो आर्थिक वर्ष वाट नगरपालिकाले ९० बर्ष मुनिको लाभग्राहिहरुको हकमा भने अस्पतालको सिफारिस चाहिने जस्ता बिबिध वाहना गरिरहेको जेष्ठ नागरिकहरुले गुनासो गरेको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *