जुवा खेलिरहेको अबस्थामा भोजपुरका एक वडा अध्यक्ष सहित ११ जना पक्राउ। धरान १० स्थित पुतली लाईनको एक बेकरी क्याफेमा जुवा खेलिरहेको अबस्थामा उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुर आमचोक गाउँपालिका वड न ६ का वडा अध्यक्ष वमबहादुउर बस्नेत र लक्ष्मी माबी पाङ्चाका शिक्षक अशोक राई रहेका छन । यस्तै पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ ,आशिष कुमार राई ,बिपिन गुरुङ ,भरत थापा ,कुमार राई,जस बहादुर राई,कबिराज राई ,सागर राई र रोहित श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । धरानको १३,१५ र १६ नम्बर वडामा एक एक घरमा ब्यवसाहिक रुपमा दैनिक जुवा खेल हुने भएकाले उक्त जुवा अड्डामा धरान बाहिरका जुवाडेहरुको जमघट हुने गरेको छ ।