भोजपुरमा पछिल्लो समय घटेका घटनाहरु प्रहरीले जोगाउन खोजेको पीडित पक्षले आरोप लगाएका छन । आज भोजपुर नगरपालिका पत्रकार सम्मेलन मार्फ्त डिएसपी शरतकुमार थापा क्षेत्रीको अत्याचार भएको आरोप लगाएका छन ।
घटनाको सत्य तथ्य अनुसंधानगरि बाहिर नल्याई गुपचुप गरेको छ । विभिन्न किटानी जाहेरी दिदा समेत जिल्ला प्रहरी कार्यलय भोजपुरका डिएसपी शरतकुमार थापा क्षेत्रीले जाहेरी लिन नमानेको आरोप पीडित पक्षले लगाएको छन
।गत २४ गते मृग मार्न गएका ६ जनाको समुहले आफ्नै साथिको हत्या गरेको समेत आरोप परिवार पक्षले लगाएका छन ।
तर आरोपित मध्यका सुमन श्रेष्ठका भाइ डिएसपी थापा क्षेत्रीको भान्से भएकोले उक्त घटनालाई ढाक छोपमा लागेको पीडित पक्षले बताएका छन । उक्त ज्यान सम्बन्धि कसुर हात हतियार खरखजना सम्बन्धि र बन्यजन्तुको चोरी सिकार गरेको अभियोग लागेका लागेका हरुलाई उन्मुक्ति दिन खोजेको बताए । उता आम्चोक गाउँपालिका ३ मा गोबिन्द कमरले छिमेकिको कुटपिटका कारण आत्महत्या दुरुत्सानको मुद्वा दर्ता गर्न खोज्दा डिएसपीले नमानेको परिवारले जनाएको छ ।
यस्तै ट्याम्केमयुङ गाउँपालिका ९ लेखर्क गोगने स्थित राउते खोलामा पुल निर्माणका क्रममा खटिएका सब इन्जिनियर मन्दिप राईको खोलाले बगाएको नभई हत्या भएको उनका बुवा ईश्वर कुमार राईले गरेको किटानी जाहेरी लिन बेवास्ता गरेको आरोप लागेको छ ।