भोजपुर जिल्ला भित्र हुने बिभिन्न बेथितिहरु सुधारको माग गर्दै भोजपुर रिकभर संर्घस समिति समितिले जिल्लामा रहेको सरकारि अस्पतालमा देखिएको बिभिन्न समस्याहरुको समधान गर्न माग गरेको छ ।
जिल्ला अस्उतालमा देखिएको समस्याहरुलाइ प्रेश बिज्ञप्ति मार्फत तिन बुधा सार्ववजानिक गर्दै त्यसको सुधारको लागि सम्बधीत निकाएको ध्यानकर्षण गराएको छ । दरवन्दी अनुसारको स्वास्थ्यकर्मिको व्यवस्थापन देखिएको समस्याहरु तत्काल समधान गर्न ,भिआइपि सवारिे पार्किङ गर्न दिइने सर्वसाधरणको लागि पार्किङ गर्न मनाइ गरेको , आकस्मित कक्ष सेवा सञ्चालनमा आउन नसक्दा विरामिहरु सुबिधा सम्पन्न ठाँउमा लैजानु पर्ने बाध्यता , आकस्मित सेवा लिनको लागि डाक्टरलाइ फोन मार्फत बोलाउनु पर्ने अवस्था भएकोले २४ घण्टा डाक्टर मार्फत ससेवा पाउने व्यवस्था मिलाउनु पर्ने ,ठेक्का मार्फत ढुवानि हुने औषधि समयमा नआउदा नि शुल्क र कम मुल्यमा पाइने औषधि समेत वढि मुल्यमा बाहिर वाट खरिद गर्नुपर्ने बाध्यता आएको संर्घस समितिको संम्योजम मायालु मोत्तानले वताउनु भयो ।
दुर्गम जिल्लामा ५० शैयाको अस्पताल निमार्ण भए पनि दक्षजनशत्तिको अभावका कारण प्रभावकारि सेवा सञ्चालन हुनसकेको छैन । जिल्लामा बिनिन्न निकाएहरुमा देखिने वेथितिहरुको अन्त्यकाका लागि मायालु मोत्ताङको संम्योजकत्वमा ९७ सदस्य संर्घस समिति निमार्ण भएको छ ।