भोजपुर सदरमुकाममा हप्ताको एक दिन बजार बन्द प्रभावकारी बनेन

Spread the love

भोजपुर । भोजपुर जिल्लाको सदरमुकाममा हप्तामा एक दिन व्यापारिक विश्रामको लागि पसल बन्द गर्ने निणर्य प्रभावकारि वन्न सकेन ।
उधोग वाणिज्य संघ भोजपुरले असार १ गते देखि शुक्रबारका दिन पसल बन्द गर्न गरेको निणर्यले भोजपुर बजार हाताभित्र सञ्चालिक व्यापार व्यवसायहरु अति आवश्यक मासु पसल,सव्जि पसल,औषधि पसल रेमिट्यास वाहेकका अन्य पसलहरु बन्द गर्ने निणर्य गरेको थियो । व्यापारिहरुको घरघरमा पुगि सर्वेक्षण मत लिइ बहुमतको आधारमा निर्णय गरेको थियो । व्यापारिहरु पसलको एक ढिक वा सानो सटरखोलि अटेर गरि पसल सञ्चालन गरिरहेका छन ।

यस बिषयका उधोग वाण्ज्यि संघले कुनै चासो नदिएको अवस्था छ । नकुनै अनुगमननै छ , हाम्रो पालिका दैनिकले व्यापारिहरु सँग गरेको कुराकानिमा व्यापारिहरु भन्छन , ”शुक्रवार वन्द गर्ने निणर्य एक महिना पनि टिक्दैन , पहिला पनि निणर्य भएकौ हो तर सफल भएन यो पटक पनि यस्तौ हुन्छ ।“

के व्यापारिक हरुको दवावले उधोग वाणिज्य संघले प्रभावकारि अनुगमन नगरेको हो त ? यदि हैन भने प्रभावकारि अनृगमन गर्नु पर्यो , अटेरगर्नेलाइ कारवाहिको दायरामा ल्याउनु पर्यो । अटेर गर्नेहरुवाट कारवाहि स्वरुप केहि रकम उठाई उधोग वाणिज्य संघको कोषमा राखि जिल्ला भित्रहुने प्राकितिक विपद वा कुनैपनि भैपरि आउने ठाँउमा सहयोग गर्ने निणर्य हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *