क्रीकेटर सन्दिप लामिछानेको जबर्जस्ती करणी सम्बन्धि मुद्दामा काठमाडौं जिल्ला अदालतले पिडितलाई एक लाख खर्च उपलब्ध गराउन निर्णय सुनाईएको छ ।
न्यायाधीश प्रकाश प्रसाद पाण्डेको एकल इजालसले सोम्बार पीडितलाई सो उपचार खर्च भराउन आदेश गरेको हो । पिडितले शारीरिक र मानसिक स्वास्थको उपचार गराउदा खर्च भएको भन्दै बिल पेश गरेकी थिईन ।